अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६
| Colorodo: 22:31
सरकारले अब किसानलाई मल, उन्नत बिउ बिजन र सिंचाइमा अनुदान दिने दिने भएको छ । व्यक्तिगत प्रतिस्पर्धामा किसानलाई अनुदान दिने प्रचलन आगामी आर्थिक वर्षबाट हट्ने कृषि मन्त्रालयले जनाएको हो । अब सरकारले किसानलाई मल, उन्नत बिउ बिजन र सिंचाइमा अनुदान दिने कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताउनुभयो ।
उहाँका अनुसार जो किसानले उन्नत बिउ बिजनको प्रयोग गर्छन्, उत्पादन बढाउन मलको प्रयोग गर्छन् उनीहरूले अनुदान पाउने छन् । माटोमा अर्थात् कृषिमा लगानी नपुगेको निष्कर्ष निकाल्दै मन्त्रालयले किसान र कृषि उद्यमीलाई सहज ऋणको पहुँचका लागि प्याकेज ल्याउन लागेको भारीले जानकारी दिनुभयो ।