अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७
| Colorodo: 15:02
कोरोना संक्रमणको तीव्र वृद्धिसँगै मंगलबार मध्यरातमा गएको भुकम्पका कारण जनजीवन त्रसित बनेको छ । दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाई मध्यरातमा (११.५३ बजे) ५.३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
दोलखालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, काठमाण्डौंलगायत ठाउँमा समेत ठुलै धक्का महसुस गरिएको छ । यो सँगै मानिसहरुमा त्रास बढेको छ । २०७२ सालमा गएको शक्तिशाली भुकम्पपछि पराकम्पहरु जाने क्रम अहिलेसम्म रोकिएको छैन् ।