अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६
| Colorodo: 04:11
पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार पनि रहेको खुलेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको र अन्यमा पनि देखिएको हुनसक्ने अनुमान रहेको बस्नेतले बताउनुभयो ।
यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले भने संक्रमितमध्ये २ जना पत्रकार भएको खुलेको र अरुको नाम ठेगाना खोजी गर्ने काम भइरहेको जानकारी दिनुभएको छ ।
