अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२
| Colorodo: 02:17
कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।
अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएसँगै अस्पतालका अरु कर्मचारीहरुको परीक्षण गर्ने तयारी भएको छ।