अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

विदेशबाट ६ लाख नेपाली फर्किँदै

बिआरटीनेपाल २०७७ वैशाख २९ गते २१:५६ मा प्रकाशित

कोरोना भाइरस महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका ५ लाख ८८ हजार ७ सय नेपाली हवाई सेवा खुलेलगत्तै स्वदेश फर्किने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार फर्किन चाहनेमा धेरैजसो कोरोनाका कारण रोजगारी गुमाएका नेपाली छन्। त्यसैगरी नियमित रूपमा स्वदेश आउन चाहेको तर हवाई उडान बन्द भएर रोकिएका, भिसा म्याद सकिएका, पर्यटकका रूपमा विदेश गएर अड्किएका नेपाली छन्।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख १० हजार ८ सय ७१ जनाई तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने र बाँकी ३ लाख ७७ हजारभन्दा बढी नागरिकलाई पनि स्वदेश फर्काउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । भारतबाट स्वदेश फर्किनेको संख्या साढे २ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय