अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:००
| Colorodo: 18:15
कपिलवस्तु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कपिलवस्तु प्रशासनले आज साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ पाँच गतेसम्म जिल्लालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
सरकारले जारी गरेको बन्दाबन्दी पनि जेठ ५ गते समाप्त हुँदैछ । कपिलवस्तुमा आज मात्रै १० जनामा कोरोना सक्रमण पुष्टि भएको थियो । प्रशासनको निर्णयअनुसार अत्यावश्यकबाहेक सेवाका सवारीसाधन जिल्लामा चल्न पाउने छैनन् ।
मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ । खाद्यान्न र तरकारी किन्नका लागि बिहान ७ देखि ९ बजेसम्मको समय दिइएको छ ।
