अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

भारत वार्तामा आउने अपेक्षाले तत्काल नक्सा जारी नभएको मन्त्री अर्यालको भनाइ

बिआरटीनेपाल २०७७ वैशाख २९ गते ७:१४ मा प्रकाशित

भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले विगतमा भारतसँग वार्ताद्वारा नै समस्या समाधान होला भनेर नक्सा सार्वजनिक नगरिएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अर्यालले विगतमा नक्सा सार्वजनिक नगर्नुको कारण बारे यस्तो बताउनुभएको हो । अहिले पनि नक्सा सार्वजनिक गर्ने तयारीमा सरकार रहेको उहाँको भनाइ छ ।

नक्साबारे प्राविधिक काम जारी रहेको पनि उहाँले जानकारी दिनुभयो । सांस्कृतिक, ऐतिहासिक एवं तथ्य र प्रमाणले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भन्दै उहाँले अब पनि वार्ताको माध्यमबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने तर्क गर्नुभएको छ । उहाँले सबै खालका तथ्य र तर्कका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले नेपालमा भारतविरोधी भावना बढेकोमा भारतीय शासकमा चिन्ता बढेको देखिने भन्दै नेपालको भूमिमाथि नै दावा गर्ने भारतका कामले यस्तो भएको बताउनुभयो । उहाँले नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा पर्ने भन्दै काली नदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय