अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेट आउनुपर्ने नेकपा नेता श्रेष्ठको भनाइ

बिआरटीनेपाल २०७७ वैशाख २९ गते ७:११ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता समेत रहनुभएका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले अहिलेको आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक २०७७÷७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरी बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने बताउनुभयो ।

वर्तमान आवश्यकतालाई मध्यनजर नगर्दा बजेटको निरन्तरता मात्रै हुने भन्दै उहाँले त्यसतर्फ पनि ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । बजेटलाई अनावश्यक महत्वकांक्षी नबनाई आर्थिक अवस्थालाई चलायमान बनाउने गरी आकार निर्धारण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । श्रेष्ठले विकासको ढाँचाले विभिन्न सात वटा विशेषता बोकेको हुनुपर्ने बताउनुभयो ।

प्रकृतिमैत्री, समावेशी वृद्धि, समााजिक न्याय, श्रमजीवी वर्ग केन्द्रीत समाजवादउन्मुख, मानवकेन्द्रित भएर विज्ञान र प्रविधिको अधिकतम चिजको उपयोग गर्ने, दिगो विकासको चरित्र बोकेको र आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ जाने किसिमको विशेषता विकासले बोक्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय