अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

सेवाप्रवाहलाई आजदेखि केही विस्तार गर्ने सर्वोच्च अदालतको निर्णय

बिआरटीनेपाल २०७७ वैशाख २८ गते २२:०१ मा प्रकाशित

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा खुम्च्याएको सेवाप्रवाहलाई आजदेखि केही विस्तार गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको बसेको पूर्ण बैठकले नेपाल सरकार निवेदक भएको मुद्दा दोहार्याई पाऊँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा न्याय सम्पादनसम्बन्धी थप काम सुरु गर्न सकिने कि नसकिने भन्ने विषयमा सर्वोच्चले उच्च अदालतसँग राय पनि मागेको उल्लेख छ । उच्च अदालतलाई आफू मातहतका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकिल कार्यालय र बार एकाइसँग परामर्श गरी राय दिन विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय