अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 05:41

सिक्किमस्थित सीमामा चिनियाँ र भारतीय सैनिकबीच झडप, ११ घाइते

बिआरटीनेपाल २०७७ वैशाख २८ गते २१:५७ मा प्रकाशित

चीन र भारतको सीमामा खटिएका दुई देशका सैनिकबीच झडप भएको छ । सिक्किमस्थित सीमामा खटिएका भारतीय र चिनियाँ सैनिकबीच शनिबार झडप भएको हो ।

झडपका क्रममा ७ चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका छन् । उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका १५० भन्दा बढी सैनिकहरुबीच झडप भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यस घटनाबारे दुवै देशले प्रतिकृया जनाएका छैनन् । यस विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको एक सैनिक अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि सीमामा दुई देशका सैनिकबीच झडप हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय