अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

सीमा बचाउ अभियानद्धारा संसद भवनअघि बाटोमा सुतेर प्रदर्शन

बिआरटीनेपाल २०७७ वैशाख २८ गते ७:३३ मा प्रकाशित

सीमा बचाउ अभियानले आज संसद् भवन बाहिर प्रदर्शन गरेको छ । युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले भारतले सीमा मिचेको तथा नेपाल सरकार मौन बसेको विरोधमा संसद् भवन अगाडिको सड्कमै सुतेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले भारतले नेपाली भूमि लिपुलेक–कालापानीमा बाटो बनाएको विरोधमा नारा लगाएका थिए । प्रदर्शनकारीहरु संसद भवनमा प्रवेश गर्न खोजे पनि उनीहरुलाई प्रहरीले रोकेको थियो । प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि उनीहरुले शनिबार माइतीघरमा पनि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय