अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

लिपुलेकमा भारतले बाटो बनाइरहेको विषय सरकारलाई जानकारी थियो : मन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७७ वैशाख २८ गते ७:३० मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले लिपुलेकमा भारतले बाटो बनाइरहेको विषय सरकारलाई जानकारी भएको स्वीकार गर्नुभएको छ । यद्यपि यसबारे नेपालले राखेको चासोको जवाफ नै नदिई भारतले एकतर्फी बाटो उद्घाटन गरेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

संसद बैठकमा आज भारतले अस्ति बाटो उद्घाटन गरेकोप्रति सरकारको तर्फबाट औपचारिक धारणा राख्दै मन्त्री ज्ञवालीले नेपाली भूमि समेत प्रयोग गरी धार्चुलाबाट लिपुलेकसम्म बाटो बिस्तार गरेकामा आपत्ति जनाउनुभयो । नेपालको सीमा सन् १८१६ को मार्चमा भएको सुगौली सन्धि र त्यसपछिका तीन पूरक सन्धिबाट निर्देशित रहेको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले १९६० को नयाँ मुलुक फर्काउने पूरक सन्धि र १८७५ को पूरक सन्धिबाट निर्देशित रहेको जानकारी दिनुभयो ।

भारतले नेपाली भूमिसमेत प्रयोग गरी ७९ किलोमिटरको बाटो बनाएको तथ्य थाहा भएको उल्लेख गर्दै उहाँले यसबारे सरकारले सन् २०१५ मै असहमति जनाए पनि भारतले बाटो बनाउन नरोकेको र अहिले उद्घाटन नै गरेकोमा सरकारको गम्भीर आपत्ति रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय