अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 05:37

चीनको स्वास्थ्य प्रणाली कमजोर रहेको चिनियाँ उच्च अधिकारीको स्वीकारोक्ति

बिआरटीनेपाल २०७७ वैशाख २७ गते २२:०५ मा प्रकाशित

चीनका शीर्ष स्वास्थ्य अधिकारीले देशको स्वास्थ्य सेवा प्रणाली कमजोर रहेको स्वीकार गरेका छन्। कोरोना भाइरसको महामारीले चीनको स्वास्थ्य सेवा कमजोर रहेको स्पष्ट पारेको नेशनल हेल्थ कमिसनका निर्देशक लि बिनले चिनियाँ सञ्चारमाध्यमसँग बताउनुभयो । कोरोना भाइरसको महामारी स्वास्थ्य सेवाका लागि ठूलो परीक्षा रहेकोमा चिनियाँ स्वास्थ्य सेवा प्रणाली असफल भएको उहाको भनाई छ ।

गएको डिसेम्बरमा वुहानमा कोरोना भाइरस देखिँदा सुरुमै नियन्त्रणमा लिन नसकेको भन्दै अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेका बेला चिनियाँ नेशनल हेल्थ कमिसनका निर्देशकको यस्तो दुर्भल स्वीकारोक्ति आएको हो । बिनले चीन आफ्नो रोग नियन्त्रण तथा रोकथाम क्षमता, सार्वजनिक स्वास्थ्य प्रणाली र तथ्यांक संकलनलाई व्यवस्थित तथा परिस्कृत गर्नमा लागि परेको उल्लेख गर्नुभयो ।

लिले पत्रकारसँग महामारी चीन सरकारका लागि महत्वपूर्ण चुनौति बनेर आएको बताउनुभयो । चीनले अति सुस्त गतिमा महामारीको सुरुवाति चरणमा काम गरेको अभियोग लाग्दै आएको छ । यस्तै चनिले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सचेत नगराउँदा महामारी अहिलेको अवस्थामा पुगेको आरोप पनि लाग्दै आएको छ । भाइरसको उत्पतिका बारेमा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानको माग चीनले अस्वीकार गरेको छ । गएको अप्रिलमा युरोपियन युनियनले चीनले महामारीका सम्बन्धमा सही सूचना नदिएको सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय