अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 05:26

अमेरिका र चीनलाई व्यापारीक द्वन्द्वमा नलाग्न अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनी

बिआरटीनेपाल २०७७ वैशाख २७ गते ७:३२ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिका र चीनलाई व्यापारीक द्वन्द्वमा नलाग्न चेतावनी दिएको छ । कोषले कोभिड–१९ को महामारीबाट विश्व अर्थतन्त्रलाई जोगाउनका लागि अमेरिका र चीन एक आपसमा लड्नु उचित नभएको भन्दै चेतावनी दिएको हो । कोषका प्रवन्ध निर्देशक क्रिस्टीना जर्जिवाले सन् २०२० को विश्व अर्थव्यवस्थामा तीन प्रतिशतले कमी आउने अनुमान गरिएपनि अवस्था झन् बिग्रिन सक्ने बताउनुभयो ।

उहाँले यो महामरीको हालसम्म कुनैपनि चिकित्सकीय उपचार नभएका कारण अर्थव्यवस्थालाई कमजोर बनाउँदै गएको उल्लेख गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो चीनलाई कोरोना फैलाएको भन्दै नयाँ कर लगाएर सजाय दिने संकेत गरेसँगै कोषको यस्तो चेतावनी आएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् १९३० को महामन्दीपछि कोरोना महामारीलाई विश्वकै सबैभन्दा बढी खराब अर्थतन्त्रमा गिरावट आएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय