अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

चीनले नाप्न थाल्यो सगरमाथाको उचाई

बिआरटीनेपाल २०७७ वैशाख २७ गते ७:२८ मा प्रकाशित

चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा निरिक्षकहरू आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनको प्राकृति संशाधन मन्त्रालयको टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वाङ्ग योङ्गफेङ्गले बताउनुभयो ।

अप्रिलको सुरुवातमै आधार शिविर पुगेको टोलीले सगरमाथा आरोहण र उच्च अल्टिच्युड क्षेत्रमा कसरी सर्वे गर्ने भन्ने सिकेका थिए । वाङ्गका अनुसार चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाईबारे अध्ययन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय