अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

लिपुलेकमा भारतले सडक बनाएकोप्रति संसदीय समितिको चासो, छलफलका लागि मन्त्रीहरुलाई बोलाइयो

बिआरटीनेपाल २०७७ वैशाख २७ गते ७:१९ मा प्रकाशित

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले नेपाली भूमिमा सडकको ट्रयाक बनाउन सुरु गरेकोप्रति चासो देखाउँदै छलफलका लागि मन्त्रीहरुलाई बोलाएको छ । भारतले नेपाली भूमि कालापानी–लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो बनाउन सुरु गरेको प्रति चासो देखाउँदै संसदीय समितिले गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रीलाई छलफलका लागि बोलाएको हो ।

समितिको बैठक आइतबार बिहान ८ बजेका लागि बोलाइएको र गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई सो बैठकमा उपस्थित हुन भनिएको छ ।नेपाली भूमि मिचिएकोबारे सरकारको धारणा माग्न र आवश्यक निर्देशन दिनका लागि बैठक बोलाइएको बताईएको छ ।

भारतका गृह मन्त्री राजनाथ सिंहले शुक्रवार नेपाली भूमि लिपुलेक कालापानीहुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय