अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५
| Colorodo: 19:00
नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न गएकालाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेपछि उत्तर ढोकामा जम्मा भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिनुभयो । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।
