अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकविरुद्ध मुद्दा चलाइदैँ

बिआरटीनेपाल २०७७ वैशाख २६ गते २२:१७ मा प्रकाशित

प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । घर फिर्तीको माग गर्दै ४७ जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिएका थिए । त्यसक्रममा उनीहरुले महानगरीय प्रहरी परिसर सिंहदरबार वृतका प्रहरी नायव उपरिक्षक हरीबहादुर बस्नेतसहित प्रहरीमाथि हातपात गरेका थिए ।

हातपात गर्ने चार जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिका आफ्ना नागरिकमाथि कानूनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो ।

एसएसपी ज्ञवालीले हातपात गर्नेमाथि कानूनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताउनुभयो । यसैविच प्रहरीमाथि आक्रमणमा उत्रिएका चार चिनियाँ नागरिकमाथि मुद्दा चलाउने तयारी भएपछि दूतावासले घटनाबारे आफु जानकार रहेको जनाएको छ ।

नेपालमा रहेका चिनियाँले नेपालको कानूनको पालना गर्नु पर्ने पक्षमा आफूहरु रहेको बिहानै विज्ञप्ति जारी गर्दै जनाएको हो । चीनले नेपालमा रहेका दुई सय भन्दा बढी आफ्ना नागरिकलाई गत बिहिबार स्वदेश लगेको थियो । तर जान नपाएकाले चिनियाँ दूतावास र सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय