अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 20:47

अमेरिकी राष्ट्रपति ट्रम्पका तीन सहयोगीमा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ वैशाख २६ गते ८:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका तीन निकट सहयोगीहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसमा कार्यरत आर्मी स्टाफमा संक्रमण भेटिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति ट्रम्पका अति निकट सहयोगी सैन्य अधिकारीमा भाईरसको संक्रमण भेटिएपछि ह्वाइट हाउसमा कार्यरत कर्मचारीहरुको परिक्षण बढाईएको वाशिङटन पोष्टले उल्लेख गरेको छ ।

संक्रमतिहरु राष्ट्रपति ट्रम्पको भान्छा र व्यक्तिगत आवश्यकताहरु पूर्ति गर्ने काम गर्नेहरु रहेको बताईएको छ । उनीहरुमा धेरै पहिले नै कुनै लक्षणविना कोराना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले आफू र उप–राष्ट्रपति माईक पेन्स उनीहरुबाट टाढै रहेकाले संक्रमण नसरेको प्रतिक्रिया दिनुभएको छ । यसअघि पनि ट्रम्पको निकट रहेर काम गर्ने सुरक्षा दस्ताका एक सैनिकमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया