अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

नेकपा आपराधिक क्रियाकलापको पक्षमा छैन – नेकपा उपनेता सुवास नेम्वाङ

बिआरटीनेपाल २०७७ वैशाख २६ गते ८:०४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेकपा आपराधिक क्रियाकलापको पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले सांसद अपहरणको यथार्थ चाँडै आउने विश्वास दिलाउनु भयो ।

नेता नेम्वाङले सांसद अपरहणको विषय र यथार्थ संसदको यही अधिवेशनमा आउने बताउदै नेकपा अपराधको राजनीतिमा विश्वास गर्ने पार्टी नभएको बताउनुभएको हो । उहाँले चालु अघिवेशनले बजेटसंगै शान्ति प्रक्रियाका बाँकी काम समेत पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपनेता नेम्वाङले सरकारले बैलैमा गरेको लकडाउनका कारण कोही पनि नेपाली अहिले भेन्टिलेटरमा रहनु नपरेको उल्लेख गर्दै सरकारले विदेशमा अलपत्र परेका नेपाललीलाई पनि चाँडै देशमा ल्याउने अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय