अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५
| Colorodo: 21:00
अमेरिकामा बेरोजगार भत्ताका लागि निवेदन दिनेको संख्या ३२ लाख भन्दा बढीले थपिएको छ । कोरोना भाइरसको महामारीका कारण व्यवसायहरु बन्द हुँदा अमेरिकामा बेरोजगारी दर अत्याधिक भएको छ । गएको हप्ता थप ३२ लाख अमेरिकीले सरकारी सहायताका लागि निवेदन दिएका हुन् । योसँगै अमेरिकामा गएको मार्च मध्ययता बेरोजगारको कुल संख्या ३ करोड ३३ लाख पुगेको छ ।
अमेरिकाका कुल श्रमयोग्य व्यक्ति मध्ये यो झण्डै २० प्रतिशत हो । बेरोजगार भत्ताका लागि निवेदन दिनेको संख्या साप्ताहिक रुपमा अमेरिकाको श्रम विभागले सार्वजनिक गर्ने गरेको छ । मार्चको एक हप्ता ६९ लाख अमेरिकीले भत्ताका लागि निवेदन दिएका थिए । त्यसयता पनि संख्या अति बढी नै रहँदै आएको छ ।