अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

द्रुत परीक्षण विधिबाट कोरोना जाँच रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट

बिआरटीनेपाल २०७७ वैशाख २५ गते २१:५६ मा प्रकाशित

द्रुत परीक्षण विधिबाट भइरहेको कोरोना संक्रमण जाँच रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारी, शंकर पौडेल र शुक्रराज आरणले सरकारले नागरिकको स्वास्थ्यमा लापरवाही र भेदभाव गरेकाले यस्तो परीक्षण बन्द गराउन अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको अन्तरिम निर्देशिकामा कोरोना परीक्षणमा पीसीआर विधि अनुशरण गर्न निर्देशन दिइएको उल्लेख गर्दै नेपालमा पनि पीसीआर विधिबाटै कोरोना परीक्षणमा तीब्रता दिन माग गरिएको छ । रिटमा द्रुत जाँच अर्थात आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने २०७६ चैत २२ गतेको मन्त्रिपरिषद निर्णय पनि उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ ।

नेपालमा सांसदहरुको पीसीआर विधिबाटै परीक्षण गर्ने र सर्वसाधारणको द्रुत जाँच विधिबाट गरिनु विभेद भएकोले रोक्नुपर्नेमा माग रिटमा गरिएको छ । यो रिटमाथिको पेशी आउँदो आइतबारका लागि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय