अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७
| Colorodo: 16:12
नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । कपिलवस्तुमा थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १०१ पुगेको हो । कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमण भेटिएको हो ।
