अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न हवाई फायर

बिआरटीनेपाल २०७७ वैशाख २५ गते ७:३७ मा प्रकाशित

बाराको कबहिगोठस्थित नाकाबाट जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयहरुलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

आज दिउँसो भारतबाट नेपाल प्रवेश गर्न लागेका दुई जनालाई सुरक्षाकर्मीले रोकेपछि उनीहरुले एक समुह नै बोलाएर चेक पोष्टमा ढुंगामुढा गर्न खोजेपछि स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बाराका सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।

करिब एक सय जनाको संख्यामा जम्मा भएका भारतीयहरुले सीमा सुरक्षाका लागि स्थापना गरिएको चेक पोष्टमा क्षती पुर्याएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय