अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 02:23

भारतको रसायन प्लान्टमा ग्याँस चुहिँदा कम्तीमा १३ जनाको मृत्यु , १ हजारभन्दा बढी विरामी

बिआरटीनेपाल २०७७ वैशाख २५ गते ७:३४ मा प्रकाशित

भारतको आन्ध्र प्रदेशको विशाखा पटनमको एउटा रासयन प्लान्टमा ग्याँस चुहिँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । आज बिहान ग्याँस चुहिएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । कतिपयले आँखा पोलेको र श्वासप्रश्वासमा समस्या भएको गुनासो गरेका छन् ।

ग्याँस आसपासका कम्तीमा पनि २० गाउँमा फैलिएको बताइएको छ । अहिले सम्म एक हजारभन्दा बढी बिरामी भएका छन् । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । प्लान्टबाट ‘स्टाइरिन’ नामक ग्याँस चुहिएको छ । सरकारले केही उद्योगहरु खोल्न दिने घोषणा गरिएपछि कम्पनीमा काम सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय