अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

तत्काल स्थायी समितिको बैठक बोलाउन नेकपाका २० सदस्यको माग

बिआरटीनेपाल २०७७ वैशाख २५ गते ७:२६ मा प्रकाशित

सत्तारुढ नेकपाका २० स्थायी समिति सदस्यहरुले तत्काल पार्टीको स्थायी समिति बैठक बोलाउन माग गरेका छन् । पार्टी र सरकारको काम लगायत विभिन्न एजेण्डामा छलफल गर्न तत्काल स्थायी कमिटीको बैठक बोलाउन उनीहरुले माग गरेका हुन् ।

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको कमिटी सदस्यको छुटै बैठकले स्थायी कमिटीको एजेण्डा तय गर्दै बैठक बोलाउन माग गरेको हो । २० स्थायी कमिटी सदस्यको छुटै भेलाले पार्टी र सरकारको काम, कोरोना संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीहरुको समस्या र उद्दार लगायतका एजेण्डामा छलफल गर्न तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग गरेको बताईएको छ ।

हिजो बसेको सचिवालयको बैठकले एजेण्डा तय गर्न नसकेर स्थायी कमिटीको बैठक स्थगित गरेपछि कमिटी सदस्यहरुले आफैले एजेण्डा बनाएर छलफल गर्न बैठकको माग गरेका हुन् । २५ प्रतिशत सदस्यले माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने विधानको व्यवस्था रहेको भन्दै बैठकबाट भाग्ने छुट कसैलाई नभएको तर्क गरेका छन् । वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो ।

तर, बुधवार बसेको सचिवालय बैठकमा स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदनवारे विवाद भएपछि बैठक अनिश्तिकालका लागि रोकिएको छ । स्थायी कमिटी बैठक बोलाउन अनिच्छुक ओली सचिवालयको बैठकको बीचमै उठेर हिँड्नुभएको थियो । अव दुई अध्यक्षको सहमतिपछि मात्रै बैठकको मिति तय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय