अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४
| Colorodo: 02:09
लकडाउका कारण भारतमा १२ करोड २० लाख मानिस कामविहीन बनेका छन् । भारतीय अर्थ व्यवस्था निगरानी केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै भारतका १२ करोडभन्दा बढी मानिस रोजगारविहीन बनेका हुन् ।
अहिले भारतमा कुल रोजगार व्यक्तिमध्ये २७ दशमलव १ प्रतिशत मानिस बेरोजगार बनेका छन्, जुन अमेरिकाको भन्दा ४ गुणा बढी हो । भारतमा कोभिड १९ रोकथामका लागि गत मार्च २ देखि बन्दाबन्दी अर्थात लकडाउन छ ।
हाल सम्म कोभिड १९ का कारण सङ्क्रमित हुनेहरुको सङ्ख्या ३८ लाख नाघेको छ । हालसम्म ३८ लाख २२ हजार ८ सय मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये झण्डै १३ लाख २ हजार मानिस निको भएका छन् ।