अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

भोलिसम्ममा नेपालमा कोरोना किटको व्यवस्थापन भइसक्ने

बिआरटीनेपाल २०७७ वैशाख २४ गते २२:२१ मा प्रकाशित

सरकारले मुलुकमा अभाव भएको कोरोना परीक्षण किट भोलिसम्ममा व्यवस्थापन भइसक्ने जनाएको छ । उपप्रधान मन्त्री एवं कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले भोलिसम्ममा चीन र सिङ्गापुरबाट परीक्षण किट नेपाल आइसक्ने बताउनुभयो ।

अष्ट्रेलिया गएको नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजले पनि किट ल्याएर फिर्ता हुन लागेको वरिष्ठ क्याप्टेन विजय लामाले जानकारी दिनुभयो । सरकारले जारी लकडाउन आगामी जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय हिजो गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाइ पनि गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय