अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाद्वारा शुभकामना व्यक्त

बिआरटीनेपाल २०७७ वैशाख २४ गते २२:२० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता रहेकोले यसैबाट कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताउनुभएको छ । बुद्ध जयन्ती र उभौली पर्वको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो उल्लेख गर्नुभएको हो ।

प्रचण्डको सन्देशमा बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले बुद्धप्रति सबै नेपालीले गर्व गर्न सकेको उल्लेख छ । प्रचण्डले २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा र आज नै परेको किराँत समुदायको उभौली पर्वको उपलक्ष्यमा सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गर्नुभएको छ ।

यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति कायम होस् भन्ने कामना गर्नुभएको छ । साथै उहाँले देशवासीले अन्याय, अत्याचार र सबै प्रकारका दमनबाट मुक्ति पाउन् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय