अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 20:55

कोरोना महामारी अमेरिकामाथि इतिहासकै खराब आक्रमण रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी

बिआरटीनेपाल २०७७ वैशाख २४ गते २२:१७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीलाई अमेरिकामाथि भएको इतिहासकै खराब आक्रमण रहेको बताउनुभएको छ । दोस्रो विश्वयुद्धमा जापानी सेनाले अमेरिकाको पर्ल हार्बरमा गरेको आक्रमण वा सेप्टेम्बर ११ को आक्रमण भन्दा पनि कोरोनाले नराम्ररी प्रहार गरेका उहाँले बताउनुभयो ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कोरोना महामारीको अदृश्य शत्रुलाई युद्धका रुपमा लिएको स्पष्ट पार्नुभयो ।चीनले शुरुमै कोरोना नियन्त्रण गर्न नसकेको र विश्वलाई यसबारे जानकारी पनि नदिएका आरोप दोहोर्याउंदै ट्रम्पले उसविरुद्ध कडा कदम चालिने बताउनुभयो ।

तर चीनले भने महामारी नियन्त्रणमा अमेरिकाले पर्याप्त काम गर्न नसकेको आरोप लगाउंदै आएको छ । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ ।

प्रतिक्रिया