महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ६५ हजार ७६ जनाको ज्यान गएको छ । कोरोना संक्रमित १३ लाख २ हजार ८ सय ९० जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३८ लाख २२ हजार ८ सय ६० जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ७४ हजार ७ सय ९९ जनाको ज्यान गएको छ । इटालीमा २९ हजार ६ सय ८४, स्पेनमा २५ हजार ८ सय ५७, फ्रान्समा २५ हजार ८ सय ९ , बेलायतमा ३० हजार ७६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार ४ सय १८, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ७ हजार २ सय ७५ र बेल्जियममा ८ हजार ३ सय ३९ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ७ सय ८५ , पाकिस्तानमा ५ सय ६४ , बंगलादेशमा १ सय ८६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा १ सय ४, श्रीलंकामा ९ र माल्दिभ्स्मा २ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ९९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।