अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९
| Colorodo: 16:54
२३ जनामा कोरोना सङ्क्रमण देखिएपछि बाँकेको नेपालगञ्जमा विश्व स्वास्थ्य सङ्गठनसहित स्वास्थ्यकर्मीको टोलीले फेरि कन्टयाक्ट ट्रेसिङ अर्थात सङ्क्रमितको संसर्गमा आएकाहरूको खोजी सुरु गरेको छ । गत शुक्रबार ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनैलाई पछ्याउने क्रममा ९४ जनाको स्वाव परीक्षणमा २२ जनामा कोरोना देखिएको थियो ।
ती ६० वर्षीय पुरुषको परिवारका कुनै पनि सदस्यमा कोरोना नदेखिएपछि विश्व स्वास्थ्य सङ्गठनको विज्ञ टोलीले थप नयाँ ढङ्गबाट अध्ययन सुरु गरेको हो । नेपालगञ्जमा कारोना भाइरस थप फैलन नदिन प्रशासनले निषेधाज्ञा पनि जारी राखेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले नेपालगञ्जमा योभन्दा धेरै सङ्क्रमण फैलन नदिन उच्च सर्तकता अपनाइएको जानकारी दिनुभयो ।
