अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 21:32

व्यवसायीले बैँकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने –गभर्नर अधिकारी

बिआरटीनेपाल २०७७ वैशाख २४ गते ७:०४ मा प्रकाशित

राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले बैँकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताउनुभएको छ । अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी हुँदै उहाँले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताउनुभएको हो । व्यवसायीले तिर्नुपर्ने ऋणको भाका सार्न भने सकिने अधिकारीले बताउनुभयो ।

बैठकमा सांसदहरुले नेपालमा बैँक ब्याजदर बढी रहेको भन्दै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने बताउनुभयो । वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको उहाँले बताउनुभयो ।

सांसदहरुको प्रश्नमा गभर्नर अधिकारीले पाँच करोडभन्दा बढी ऋण लिनेहरू ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले अर्काे वर्ष रेमिट्यान्स र राजश्वका स्रोतहरू घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई समेत ख्याल गरी मौद्रिक नीति बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू