अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११
| Colorodo: 21:26
लकडाउनका कारण नेपालमा रोकिएका विदेशी पर्यटक फर्कने क्रम जारी छ । ‘लकडाउन’ जारी भएको ४५ औं दिनमा अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको छ । आफ्ना नागरिकलाई अष्ट्रेलिया सरकारले बुधवार विमान चार्टर गरेर स्वदेश फिर्ता लगेको हो । नेपाली मूलकासहित २८१ जनालाई उद्धार गरेर अष्ट्रेलिया पठाइएको दूतावासले जनाएको छ ।
बिदा मनाउन आएका र विभिन्न कामको सिलसिलामा नेपालमा रहेका आफ्ना अष्ट्रेलियनहरु अन्तर्राष्ट्रिय विमान सेवा सञ्चालनको टुंगो नलागेपछि सरकारले व्यवस्था गरेको चार्टर विमानबाट घर फर्कनु परेको बताएका छन् । बुधबार स्वदेश पठाइएका यात्रुहरुमध्ये ५५ जना बालबालिकासहित २८१ जना रहेको दूतावासले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई उडान सेवा तत्कालै सञ्चालन नहुने अवस्था आएपछि विभिन्न देशले विमान ‘चार्टर’ गरेर आफ्ना नागरिक धमाधम लगिरहेका छन् ।