अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

कोरोनाका कारण अमेरिकामा २४ घण्टामै २ हजार भन्दा बढीको मृत्यु, लकडाउन मोडालिटीबारे चर्को विवाद

बिआरटीनेपाल २०७७ वैशाख २३ गते २१:५२ मा प्रकाशित

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अमेरिकामा मात्र मृत्यु हुनेको संख्या ७२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वव्यापी रुपमा कोरोनका कारण मृत्यु हुनेको संख्या करिब २ लाख ५८ हजारको हाराहारीमा पुगेको छ भने ३७ लाख २३ हजार पाँच सय भन्दा बढी प्रभावित भएका छन् ।

त्यसैगरी करिब १२ लाख ४० हजार मानिस उपचारपछि घर फर्किएका छन् । कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा विश्वव्यापी रुपमा एक चौथाइ भन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्याकअनुसार संक्रमणको दर विश्वव्यापी रुपमा अमेरिकामा सबैभन्दा बढी रहेको छ ।

विश्वका कतिपय देशले लकडाउन गरेपनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भन्द अमेरिकाले लकडाउन नगर्दा कोरोनाको संक्रमण फैलिएको आरोप लगाइएको छ । विभिन्न संघीय राज्यहरुले लकडाउन खोलेर जनजीवन सामान्य बनाउनुपर्ने धारणा राखेपनि स्वास्थ्य अधिकारीहरुले सरकारी तयारीको विरोध गरेका छन् ।

उनीहरुले लकडाउन खुकुलो पार्दा कोरोनाको संक्रमण थप भयावह हुन सक्ने चेतावनीसमेत दिएका छन् । लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा अमेरिकी सरकारी अधिकारीहरुबीच मतभेद हुँदै आएको छ । यसैबीच अमेरिकी विशेषज्ञहरुले कोरोना भाइरसको जिवाणु मानव नर्मित भएको दावी गरेका छन् । तर विश्व स्वास्थ्य संगठनले यसअघि नै कोरोना भाइरसको जिवाणु प्राकृतिक भएको स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय