अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

बैशाख २५ गते साँझ घरघरमा दीपावली गर्न सरकारको आह्वान

बिआरटीनेपाल २०७७ वैशाख २३ गते २१:४८ मा प्रकाशित

सरकारले वैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गर्नुभएको हो ।

बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा पनि दीप प्रज्वलन गर्न आग्रह गरिएको मन्त्री भट्टराईले बताउनुभयो । यसअघि प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय