अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७७ वैशाख २३ गते ७:३० मा प्रकाशित

नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको हो । चितवनको रत्ननगर वडा नं ५ घर भएका शर्मा भर्याङबाट लडेपछि उपचारका लागि अस्पताल लगिएको थियो । परिवारका सदस्यहरुले चितवन भरतपुरको पुरानो मेडिकल कलेज लगेको सूचना पाएपछि प्रहरीले त्यही नियन्त्रणमा लिएको हो ।

अस्पतालको आकस्मिक कक्षमा उपचाररत शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । चितवन प्रहरीले विप्लव समूहका नेता पक्राउ गरेको पुष्टि गरे पनि नाम भने सार्वजनिक गरेको छैन । टिकट काट्दा उनले नाम रमेश रिमाल भनेर नाम टिपाएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरूङले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय