अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

एसईई सम्भए नभए विद्यालयकै परीक्षाबाट ‘नतिजा निकाल्न प्याब्सनको सुझाव

बिआरटीनेपाल २०७७ वैशाख २३ गते ७:२१ मा प्रकाशित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसका महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तत्काल गर्न सम्भव नभए आन्तरिक परीक्षाबाटै नतिजा निकाल्न सरकारलाई सुझाव दिएको छ।

आन्तरिक मूल्यांकनबाट ग्रेड निर्धारण गरी विद्यार्थीलाई बाटो खोलिदिन सकिने प्याब्सनको सुझाव छ। केही वर्षयता एसईईको नतिजा ग्रेडमा सार्वजनिक भइरहेको छ। कोरोना महामारीको समयमा विश्वका धेरै विश्वविद्यालय र परीक्षा बोर्डहरुले सम्बन्धित विधालयकै परीक्षाबाट नतिजा निकालिरहेको भन्दै सरकारले त्यो विकल्प अपनाउन सक्ने प्याब्सनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय