अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

आफूहरुले अपहरण नगरेको भन्दै खनाल, बस्नेत र श्रेष्ठद्धारा मानव अधिकार आयोगमा निवेदन

बिआरटीनेपाल २०७७ वैशाख २२ गते ७:०९ मा प्रकाशित

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । सांसद यादवको अपहरण नगरेको र आफूहरु निर्दोष रहेको बताउँदै उनीहरुले सोमबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका हुन् ।

बैशाख १० गते महोत्तरीस्थित घरमै रहेका सांसद डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्व आईजीपी खनालले काठमाडौं लगेका थिए । यसैबीच बैशाख १८ गते सांसद यादवले पूर्व आईजीपी खनाल, सांसदहरु महेश बस्नेत र कृष्ण कुमार श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै आफ्नो मानवअधिकार रक्षा गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

यसरी सांसद यादवले निवेदन दिएको ४ दिनपछि आयोग पुगेका आरोपित पूर्व आईजीपी खनाल र सांसद बस्नेत र श्रेष्ठले आफूहरुले अपहरण नगरेको भन्दै निवेदन दिएका हुन् । निवेदनमा उनीहरुले सांसद यादवकै पार्टीका सचेतक उमाशंकर अरगरियाको समर्थन र सल्लाहमा महोत्तरी गई सांसद यादवसँग छलफल र संवाद गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय