अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

महेश बस्नेत र पूर्व आईजिपी खनालसहित ३ जनाविरुद्ध अपहरणमा उजुरी दर्ता

बिआरटीनेपाल २०७७ वैशाख २२ गते ७:०८ मा प्रकाशित

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौंले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा प्राप्त उजुरी दर्ता गरेको छ।

सरकारी वकिल कार्यालयले अब काठमाडौँ प्रहरी परिसरलाई जाहेरी दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाउन निर्देशन दिने छ । सरकारी वकिल कार्यालयले जाहेरी दरखास्तको सक्कली प्रति प्रहरी कार्यालयलाई पठाउने छ।

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै प्रहरीले जाहेरी लिन नमानेको विषयमा सरकारी वकिल कार्यालयमा उजुरी गर्नुभएको थियो । यसअघि काठमाडौँ प्रहरी परिसरले बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध जाहेरी लिन मानेको थिएन। सरकारी वकिल कार्यालयले उजुरीको अध्ययन गरि दर्ता गर्ने बताएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय