अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३
| Colorodo: 05:48
नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पाउनुभएको छ । आज बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने जिम्मेवारी पाउनुभएको हो ।
दुई अध्यक्षबीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयन हुनेगरी स्थायी समितिको बैठकको विषय तयार पार्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाले स्थायी समितिको बैठक यही वैशाख २५ गतेका लागि बोलाएको छ । त्यसअघि २४ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष र महासचिवले तयार पारेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
