अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 02:15

कोरोना भाईरस (कोभिड–१९) का कारण विश्वभर २ लाख ४८ हजार २ सय ८२ जनाको मृत्यु, ११ लाख ५४ हजार १४ उपचारपछि निको

बिआरटीनेपाल २०७७ वैशाख २१ गते २१:५९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ )का कारण विश्वभर २ लाख ४८ हजार २ सय ८२ जनाको ज्यान गएको छ । कोरोना संक्रमित ११ लाख ५४ हजार १४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट अहिलेसम्म ३५ लाख ६६ हजार ४ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ६८ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । इटालीमा २८ हजार ८ सय ८४, स्पेनमा २५ हजार २ सय ६४, फ्रान्समा २४ हजार ८ सय ९५, बेलायतमा २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ६ हजार २ सय ३, चीनमा ४ हजार ६ सय ३३, जर्मनीमा ६ हजार ८ सय ६६ र बेल्जियममा ७ हजार ८ सय ४४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी १ हजार ३ सय ९१ , पाकिस्तानमा ४ सय ५७ , बंगलादेशमा १ सय ७७ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ८५, श्रीलंकामा ७ र माल्दिभ्स्मा १ जनाको मृत्यु भएको छ । सार्क मुलुकमध्ये नेपालमा ६९ र भुटानमा ७ जनामा भाईरसको संक्रमण देखिएपनि कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय