अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ वैशाख २१ गते ७:१२ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

यो सँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यसअघि नेपालगन्जमा आइतबार १५ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

संक्रमितको संख्या बढेसँगै नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय