अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:००
| Colorodo: 10:15
संविधानविदहरूले भने अहिलेको समयमा नेकपाका नेता बामदेव गौतमलाई प्रधामन्त्री बनाउने बाटो सजिलो नभएको बताएका छन् ।संविधानविद् डाक्टर विपिन अधिकारीले गौतमलाई प्रधानमन्त्री बनाउने विषय संबैधानिक हिसाबले कठिन हुने बताउनुभयो ।
प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले पनि यो समयमा सत्ता परिवर्तनको खेलमा लागेको भन्दै विरोध गरेको छ । कोभिड १९ रोकथामको लागि सक्रिय हुनुपर्ने समयमा सत्ता पक्ष प्रधानमन्त्री बनाउने र सत्ता ढलाउने खेलमा लागेको भन्दै काँग्रेसले आपत्ति जनाउदै आएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरुद्ध एक भएर जुट्ने बेलामा सत्तारुढ दलभित्र कुर्सीको खेल सुरु हुनु खेदजनक भएको बताउनुभयो ।
