अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५
| Colorodo: 23:20
स्पेनमा सार्वजनिक स्थान र सवारीसाधनमा मास्क अनिवार्य गरिएको छ । कोभिड १९ को रोकथामको लागि गरिएको लकडाउन अर्थात बन्दाबन्दी खुकुलो पारेसँगै स्पेनले सार्वजनिक सवारीसाधन र स्थानमा आवत, जावत गर्नेहरुलाई मास्क अनिवार्य रुपमा लगाउन आग्रह गरेको हो ।
स्पेनमा ६ हप्तापछि हिजो मानिसहरुले घरबाहिर निस्किएर शारीरिक अभ्यास गरेका थिए भने १४ वर्ष मुनिका बालबालिकाका लागि एक हप्ता अघिदेखि नै लकडाउन खुकुलो पारिएको थियो ।
प्रधानमन्त्री पड्रो सान्चेजले सरकारले लगाएका नियमहरु पलना गर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।