अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५
| Colorodo: 11:50
कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने विश्वका उत्कृष्ट पाँच महिलाको कथा ‘यूएन वुमेन’ले सार्वजनिक गरेको छ, जसमा नेपालबाट डा. रुना झा पनि पर्नुभएको छ ।
डा. झा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुनुहुन्छ । झाले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहनुभएको छ । विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध लडिरहेको छ। महामारीविरुद्ध लड्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन्।
नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै झाले गर्दै गरेको कामको चाप बढेको छ। झा र उहाँको टोलीले दैनिक करिव ७० वटा नमूना परीक्षण गर्दै आइरहेका छन्।
त्यस्तै झाको टोलीले फागुनको पहिलो साता चीनको वुहानबाट ल्याइएका १ सय ७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा प्रवेश गरी उनीहरुको थ्रोट स्वाब संकलन गरेको थियो।
