महोत्तरीमा अज्ञात रोगका कारण ११ जनाको मृत्यु भएको छ । भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा रागको महामारी फैलिएको समाचारमा जनाईएको छ । बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नाका ३ बस्तीमा रोग फैलिएको हो । घरेलु मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको प्रारिम्भक अनुमान गरिएपनि शव परिक्षणबाट मात्रै यथार्थ थाहा हुने भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले बताउनुभयो ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ। टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा. पोखरेलले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण होरहोइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको बताईएको छ ।
