अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३
| Colorodo: 23:38
भारतले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । हिजो भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘जोखिममा’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन ।
जोखिम कम रहेका स्थानमा भने केही खुकुलो छोडिने छ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘जोखिमयुक्त’ क्षेत्रमा परेका छन् । उत्तर प्रदेशका १९ जिल्लालाई पनि ‘जोखिमयुक्त’ घोषणा गरिएको छ ।