अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा मध्यराति आगलागी, १२ घर जले

बिआरटीनेपाल २०७७ वैशाख १९ गते २१:४३ मा प्रकाशित

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । शुक्रबार राति ११ बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो ।ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलका शनिबार बिहान साढे ५ बजे आगो नियन्त्रणमा आएको छ । आगलागीबाट १२ घर जलेर नष्ट भएका छन् ।

आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए । आगो नियत्रण गर्नको लागि पाँचवटा दमकल र जेसीभी पनि प्रयोग गरिएको थियो । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकाम फिदिमबाट पनि दमकल बोलाइएको थियो ।

के कसरी आगलागी भएको थियो भन्नेबारे अहिले खुलिसकेको छैन । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सोही स्थानमा ५ वर्षअघि पनि भीषण आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए भने करोडौको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय