अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५०
| Colorodo: 07:05
अन्नपूर्ण आधारशिविर पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका ७ जना सवैको शव प्राप्त भएको छ । गत माघ ३ गते गएको हिमपहिरोमा परी वेपत्ता भएका थप दुईजनाको शव आज फेला परेको हो । बेपत्तामध्ये एक नेपाली र अर्का एकजना कोरियन पर्यटकको शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार दुईजनाको शव भेटिएसँगै हिमपहिरोमा हराएका सबैको शव फेला परेको छ । पाँचजनाको शव यसअघि नै फेला परेको थियो । आजसम्म एकजना कोरियन र अर्का एक नेपालीको शवमात्र फेला पर्न सकेको थिएन ।
